६५ औँ वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न
श्री कन्काई माध्यमिक विद्यालय माई नगरपालिका इलामको ६५ औँ वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। यस कार्यक्रममा विभिन्न कार्यक्रमहरू रहेका थिए। शिक्षक अभिभावक सम्मान विद्यार्थी सम्मान तथा राष्ट्रिय खेलाडीहरूको सम्मान साथमा विभिन्न सांगीतिक कार्यक्रमहरू समेतका साथ भव्यताका साथ सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार खाकी, प्रमुख अतिथि वडा नम्बर २ का वडाध्यक्ष उर्दबहादुर राई, विशिष्ट अतिथिमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख इलामका रेविका अमात्य, विशेष अतिथि शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख सितादेवी लावती लगायत सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू, शिक्षक अभिभावक संघका साथै यस विद्यालयका चन्दादाताज्यूहरू, शिक्षक अभिभावकज्यूहरू तथा सम्पूर्ण विद्यार्थीहरूका माझ कन्काई माध्यमिक विद्यालयको ६५औ वार्षिक उत्सव सम्पन्न भएको छ। यस कार्यक्रममा सेवा निवृत्त शिक्षक प्राथमिक तहका प्रथम श्रेणी दाताराम गिरीलाई सम्मान सहित विदाई कार्यक्रम समेत रहेको थियो। यस कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षकको रुपमा विजय लावती र प्रभादेवी निरौला म्याडमलाई कार्यक्रमको अवसरमा सम्मान गरियो । त्यस्तै पूर्व शिक्षक शिक्षिका मित्रप्रसाद गौतम तथा उर्वशी पराजुलीद्वारा विद्यालयको स्तम्भ स्थापना गर्ने गरी शिलान्यास समेत भएको थियो। यस कार्यक्रममा खेमराज लिम्बु, टेकनाथ न्यौपाने र विकास राईद्वारा सञ्चालकको भूमिकामा हुनुहुन्थ्यो भने कार्यक्रमको स्वागत मन्तव्यका रुपमा शिक्षक प्रतिनिधि गंगाबहादुर चेम्जोङद्वारा भएको थियो भने विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौडेलद्वारा प्रस्तुत भएको थियो। शिक्षक कर्मचारीको तर्फबाट स्वागत किरण प्रसाद सुवेदीज्यूबाट भएको थियो। यस कार्यक्रममा विद्यार्थी भाइबहिनीहरूको गायन तथा नृत्य समेत रहेको थियो। त्यस्तै विद्यालयको शिक्षिकाहरूद्वारा सुन्दर नृत्यको प्रस्तुति पनि रहेको थियो। त्यसरी नै शुभकामना मन्तव्य क्रमश पूर्व व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर लुङ्गेली शिक्षा समिति सदस्य राधाकृष्ण अधिकारी शिक्षा शाखा प्रमुख सीतादेवी लावती विशिष्ट अतिथि इकाई प्रमुख रेविका अमात्य प्रमुख अतिथि उर्धबहादुर राई र अन्त्यमा कार्यक्रमको आफ्ना विचार राख्दै औपचारिक कार्यक्रमको अन्त्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार खाकीज्यूबाट समापन भएको थियो।
