शै.स. २०८० मा कम्प्युटर साइन्स सहित कक्षा ११ मा भर्ना
श्री कन्काई माध्यमिक विद्यालय माई नगरपालिका इलामले शैक्षिक सत्र २०८० सालदेखि SEE को नतिजा गत २१ गते भए सँगै कक्षा ११ मा विद्यार्थीको रोजाईलाई विद्यालय प्रशासनले विशेष मध्यनजर गरी अब यसै विद्यालयमा पनि कम्प्युटर साइन्स विषय पठनपाठन हुने कुरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई वेभसाइट मार्फत जानकारी गरिन्छ । यस विद्यालयमा यसै शै.स. २०८० मा कक्षा ९ बाट प्राविधिक धारको इन्जिनियरिङ्ग सञ्चालन भएदेखि सो विषय पठनपाठनको लागि समेत जनशक्तिको व्यवस्था हुने भएकोले यो रोजाईको विषयलाई स्थापित गर्ने निर्णय विद्यालय प्रशासनले गरेको छ ।
