हाम्रो Website Visit गर्नुभएकोमा धन्यवाद !

विद्यालयको परिचय

पुर्वी नेपालको इलाम जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये जिल्लाको दक्षिणी भेगमा अबस्थित माई नगरपालिकाको वाड नं. २ मा रहेको श्री कन्काई माध्यमिक विद्यालय वि.सं. २०१७ सालमा स्थापना भएको सामुदायकि विद्यालय हो । स्थानीय पवित्र कन्काई माई नदीको नामबाट नामकरण गरिएको यस विद्यालयका संस्थापक स्थानीय शिक्षाप्रेमी स्व.मोहनलाल पौड्याल हुन् । यस क्षेत्रका शिक्षाप्रेमी,समाजसेवीहरुको पहलमा विकास र विस्तार हुँदै वि.सं. २०३९ सालदेखि तत्कालीन निम्न माध्यमिक तह,वि.सं.२०४४देखि माध्यमिक तह र वि.सं. २०५७ देखि तत्कालीन उच्च माध्यमिक तहको स्वीकृति पाएको यस विद्यालयले हाल कक्षा १ देखि कक्षा १२ सम्मको पठनपाठन गराउँदै आएको छ । इलाम जिल्लामा हरेक बर्ष SEE मा सबैभन्दा बढी विद्यार्थी सहभागी गराउने सामूदायिक विद्यालयको रुपमा आफ्नो पहिचान कायम गरेको यस विद्यालयलाई स्थानीय सामुदायिक वन उपभोक्ता समूहहरु,माई नगरपालिका तथा अन्य संघ संस्थाहरुबाट भौतिक तथा शैक्षिक विकासमा महत्वपूर्ण सहयोग हुँदै आएको छ । माई नगरपालिकाको लिडर स्कुलको रुपमा रहेको यो विद्यालय माई नगरपालिकाको एकमात्र उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको रुपमा रहेको गरुवा बहुमुखी क्याम्पसको मुख्य आधार पनि हो ।
समुन्द्री सतह भन्दा ५६० मि.उचाइमा रहेको यो विद्यालय चुरे क्षेत्रमा अवस्थित छ । यस विद्यालयको सेवाक्षेत्रभित्र राई, लिम्बू, मगर, तामाड, क्षेत्री, ब्राह्मण, नेवार, कामी, दमाई, सार्की, सुनुवार, दनुवार, माझी, उराउ, कुमाल, धिमाल जस्ता विभिन्न जातजातिहरुको मिश्रित बसोबास रहेको छ । यस क्षेत्रमा अधिकांश मानिसहरुको आर्थिक अबस्था कमजोर छ । बहुसंख्यकहरुको बसोबास झोडा क्षेत्रमा हुनु,अभिभावकको चेतनास्तर न्युन भएकोले विज्ञान र प्रविधिको विकासबाट उनीहरु टाढा रहनु, बैदेशिक रोजगारीका कारण गाँउमा पुरुषहरुको संख्या घट्दै जानु यस क्षेत्रका प्रमुख सामजिक समस्याहरु हुन् । यस विद्यालयको सेवा क्षेत्रभित्र हिन्दु,किरात,बौद्द र इसाई धर्मालम्बीहरुको बसोबास रहेको छ ।

प्रधानाध्यापककाे भनाइ

विज्ञान र प्रविधिको विकाससँगै शिक्षा क्षेत्रमा गरिने कामहरु पनि आधुनिक सूचना प्रणालीबाट सम्पादन गर्नु गराउनु आजको आवश्यकता हो । यसलाई मध्यनजर गरी यस विद्यालयले आफ्ना समग्र गतिविधिहरु सरोकारवालाहरु समक्ष पु–याउन विभिन्न सामाजिक संजालहरुको प्रयोग गर्दै आएकोमा तिनीहरुले मात्र नपुगी यस विद्यालयको आफ्नै वेवसाइड निर्माण गर्न आवश्यक भएको महशुष गरी यो Website निर्माण गरिएको छ । यसबाट हाम्रा अभिभावक,पूर्व विद्यार्थी,शिक्षक कर्मचारीहरु,विद्यालयमा हाल अध्ययनरत विद्यार्थीहरु तथा यस विद्यालयको गतिविधिहरुको बारेमा जानकारी लिन चाहने जो कोहीले लाभ लिन सक्नु हुनेछ भन्ने ठानेको छु । हालसम्म यस विद्यालयको माध्यमिक तहमा साधारण धारका विषयहरुको मात्र पठनपाठन हुँदै आएको भएपनि निकट भविष्यमा प्राविधिक धार समेतका विषयहरुको पठनपाठन गराउने योजना भएकोले यसको प्रभावकारिताको लागि पनि यस विद्यालयको आफ्नै website निर्माण गर्नु पर्ने आवश्यक भएको हो । विगत ३ बर्षदेखि इलाम जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा ( SEE ) मा सबैभन्दा बढी ( हरेक बर्ष १४० भन्दा बढी ) विद्यार्थी सहभागी गराउँदै आएको यस विद्यालयको SEE को नतिजा पनि जिल्लाका अन्य सामुदायिक विद्यालयहरुको भन्दा उच्च रहेको छ । कक्षा ११ र १२ मा शिक्षा तथा व्यवस्थापन समूह अन्तर्गतका विषयहरुको अध्ययन अध्यापन हुने यस विद्यालयबाट उत्पादित विद्यार्थीहरुबाटै यस क्षेत्रको गरुवा बहुमुखी क्याम्पस संचालित छ । यस विद्यालयमा तत्कालनि जिल्ला शिक्षा कार्यालयबाट प्राप्त ३००० भन्दा बढी नामका ७००० जति साहित्यिक पुस्तक र पत्रपत्रिका भएको व्यवस्थित अध्ययन कक्ष सहितको पुस्तकालय, २०० जति उपकरण भएको एउटा विज्ञान प्रयोगशाला, नेपाल दूर संचार प्राधिकरणको सहयोगमा सूचना तथा प्रविधि प्रयोगशाला ( IT Lab ), प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा स्मार्ट कक्षा व्यवस्थापन,छात्रा शौचालय तथा स्वच्छ पिउँने पानीको व्यवस्था गरिएको छ । विद्यालय नर्सको समेत व्यवस्था भएको यस विद्यालयको माध्यमिक तहमा हालसम्म विज्ञान विषयको दरवन्दी र विषय शिक्षक नहुँदा नि.मा. तहको शिक्षकबाट माध्यमिक तहको विज्ञान विषयको शिक्षण गर्नु गराउनु पर्ने बाध्यता रहेको छ ।

हरि प्रसाद पौड्याल
प्रधानाध्यापक

सह प्रधानाध्यापककाे भनाइ

आदरणिय अभिभावक, विद्यार्थी तथा सरोकावालाज्यूहरु सम्पूर्णमा नमस्कार ।
श्री कन्काई माध्यमिक विद्यालय माई नगरपालिका इलाममा रहेको महत्वपूर्ण शिक्षालय मध्ये एक हो । यस विद्यालयले सिङ्गो माई नगरपालिका र देशको शैक्षिक जगतलाई गुणस्तरीय बनाउनका लागि हरदम लागि परेको विद्यालयको रुपमा परिचित छ । यस विद्यालयको प्रशासकीय, प्राविधिक तथा भौतिक व्यवस्थापनमा अनवरत रुपमा सिङ्गो विद्यालय परिवार लागि परेको समेत अवगत गराउदछु । यस विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु देशका महत्वपूर्ण जनशक्तिको रुपमा समेत राष्ट्रसेवकको रुपमा परिचालित छन् । त्यस्तै अन्य विभिन्न मूलुकमा पनि उच्च सम्मानजनक कार्यमा संलग्न रहेका छन् त्यसैले यस विद्यालयलाई व्यक्तित्व विकास गर्ने साझा प्लेटफर्मको रुपमा यो विद्यालय परिचित छ । शिक्षाले भविष्यको मार्गचित्रलाई सहज बनाइदिने काम गर्छ, र यस विद्यालयले पनि पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको विषयवस्तुलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सदैव लागि परेको छ । विद्यालयमा बालबालिकाको चौतर्फि विकास गर्न यस विद्यालयले पनि कुनै पनि किसिमको अतिरिक्त क्रियाकलापहरु परिचालन गर्नलाई कसुर राखेको छैन । जस्तै खेलकुद, हाजिरीजवाफ, वक्तृत्वकला प्रतियोगिता आदि अनेकौ समय सान्दर्भिक क्रियाकलापहरु हुदै आइरहेका छन् । त्यस्तै यस विद्यालयले वालबालिकाको सामाजिक तथा नेतृत्व विकासका लागि भनेर कक्षा १० र कक्षा १२ मा वार्षिक रुपमा लघु शैक्षिक भ्रमणको व्यवस्थापन र सहजिकरण विद्यालय प्रशासनबाट हुदै आएको छ । यस विद्यालयमा विद्यार्थीको सक्रियतालाई तदारुकता राख्न नेपाल स्काउट, जुनियर रेडक्रस सोसाइटी, सगरमाथा टिन्सक्लब, स्कुल लिडर, क्लास मोनिटर, सदन विभाजन जस्ता विविध समूह बनाई परिचालित अवस्थामा राखिएको छ ।
अन्त्यमा, यस विद्यालयमा आफ्ना नानी बाबुहरुलाई कन्काई माध्यमिक विद्यालयमा अध्ययन गर्नका लागि समयमै भर्ना गरी शैक्षिक सत्रको बीच बीचमा बालबालिकाहरुको गुणात्मक प्रगति समेत लेखाजोखा गरिदिनुहुन्छ भन्ने आशा सहित रचनात्मक सल्लाह सुझावहरुको अपेक्षा राख्न चाहन्छु ।

सहायक प्रधानाध्यापक
खेमराज लिम्बू

Scholarship Facility

– आधारभूत तहका सबै छात्राहरूलाई
– आधारभूत तहका सबै दलित छात्र छात्राहरूलाई
– सबै अपाङ्ग विद्यार्थीहरूलाई
– सबै लाेपाेन्मुख / सिमान्तकृत विद्यार्थीहरूलाई

खानेपानी र सरसफाई

– स्वच्छ पिउने पानीकाे व्यवस्था
– छात्र छात्राहरूलाई फरक-फरक Toilet

Library & Laboratory

– Library
– IT Lab
– Science Lab

हामी कक्षा ११ र १२ काे अध्ययनकाे अवसरकाे पनि सुनिश्चितता गर्दछाैं।

VIEW COURSES       OR     TAKE TOUR  

Leave a Reply

Your email address will not be published. Required fields are marked *